काठमाडौंको बाँसबारीमा भासिँयो साढे २ तले घर

काठमाडौं महानगरपालिका–३ बाँसबारीमा साढे २ तले घर भासिँएको छ । बिहीबार साँझ करिब ८ बजे घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । भासिँएको उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो।

घटनामा मानवीय क्षति भए–नभएको तथा घर भासिँनुको कारणबारे थप विवरण आउन बाँकी छ।