साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यता आज चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।
















