बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
अधिकारकर्मी र आफन्तहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । गरिमाका लागि न्याय माग्दै उनका परिवारले पनि बारामा प्रदर्शन गर्दै आएका छन् ।


















