ज्ञानेन्द्रको दाबी: प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका क्रममा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन् ।

प्रधानमन्त्री बिहानै काठमाडौं‍बाट मुस्ताङतर्फ प्रस्थान गरेको र भ्रमणबारे सुरक्षा निकायसमेत बेखबर रहेको बताइएका बेला शाहीले निजी भ्रमणमा प्रधानमन्त्रीले सुरक्षाकर्मीको ठूलो टोली लिएर हिँड्न आवश्यक नरहेको बताएका छन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ। प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।’