जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन भोलिदेखि डोजर चल्ने भएको छ । पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाइने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।
उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ । आज माइकिङ गर्ने काम भइरहेको छ । पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमण मुक्त गराइने उनले बताए ।
पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजनासहित गरी वर्गीकरण गरिएको उनको भनाइ छ । अतिक्रमण मुक्त गर्दा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।
भोलि गोरधोइ पोखरी डिलको अतिक्रमित जग्गामा डोजर चल्न सुरु हुने छ ।


















