भक्तपुरको दुवाकोट बैंक्वेटमा शनिबार ‘मनसुन एक्वा जुम्बा एण्ड स्विमिङ’ कार्यक्रम सम्पन्न भएको छ। प्रेणा इनर्जाइजाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले स्विमिङ, एक्वा जुम्बा, डान्सिङ, फन गेम्स तथा विभिन्न खेलकुद गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
पानीभित्र संगीतको तालमा गरिने एक्वा जुम्बा र स्विमिङ कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कार्यक्रममा कलाकार तथा कोरियोग्राफर अभिशेख वाग्ले र सुरेश डंगोलको समेत विशेष सहभागिता रहेको थियो।

विभिन्न खेल तथा गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य मनसुनलाई स्वास्थ्य, फिटनेस, मनोरञ्जन र सामाजिक सहभागितासँग जोड्दै मानिसलाई सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु हो।


















