मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा शपथ कार्यक्रम स्थगित

कर्णाली प्रदेशमा सोमबार बिहान ११ बजेका लागि तय गरिएको मन्त्रीहरूको शपथ कार्यक्रम स्थगित भएको छ। मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित गरिएको हो।

यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर मन्त्रीहरूको शपथका लागि समय मागेका थिए। प्रदेश प्रमुखको कार्यालयले सोमबार बिहान ११ बजेका लागि समय तोकेको थियो।

तर, मुख्यमन्त्री शाहीले मन्त्रीहरूको नाम सिफारिस गर्न नसकेपछि निर्धारित समयको शपथ कार्यक्रम स्थगित भएको हो। मन्त्री छनोटमा सहमति जुट्न नसक्दा शपथ कार्यक्रम अनिश्चित बनेको छ।