देउवालाई भेट्न गगन थापाले माग्यो समय

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति भएका थापाले शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्ने इच्छा व्यक्त गर्दै समय मागेका हुन् ।

दुई नेताबिचको भेटको समय छिट्टै तय गरिने देउवाको सचिवालयले जनाएको छ।