तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले राज्यका महिलालाई लक्षित गर्दै विभिन्न नयाँ कल्याणकारी योजना घोषणा गरेका छन्। सोमबार विधानसभामा घोषणा गरिएका कार्यक्रमअन्तर्गत योग्य लाभग्राहीलाई वर्षमा तीनवटा निःशुल्क खाना पकाउने ग्यास सिलिन्डर उपलब्ध गराउने र महिलाका लागि निःशुल्क बसयात्रा योजनाको विस्तार गर्ने निर्णय गरिएको छ।
‘अन्नपूर्ण सुपर सिक्स’ नाम दिइएको ग्यास सिलिन्डर योजनाअन्तर्गत योग्य लाभग्राहीले वर्षमा तीनवटा सिलिन्डर निःशुल्क पाउनेछन्। सिलिन्डरको रकम लाभग्राहीको बैंक खातामा सिधै जम्मा गरिनेछ।
यो योजना घरको मुख्य व्यक्ति, विशेषगरी महिलालाई लक्षित गरी लागू गरिने बताइएको छ । मुख्यमन्त्री विजयले महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले यस्ता कार्यक्रम अघि सारिएको बताएका छन्।


















