निर्वाचन आयोगको उजुरीमा फेसबुकले २३ प्रतिशत र टिकटकले ४२ प्रतिशत कन्टेन्ट हटाए

२१ फागुन २०८२ को चुनावलाई लिएर भएका विभिन्न मिथ्या सूचनाको फैलावट रोक्न निर्वाचन आयोगले अमेरिकी तथा चिनियाँ समाजिक सञ्जालमा गरेको पत्राचारको आधारमा कन्टेन्टहरू हटाइएको पाइएको छ ।

मेटाले २३ प्रतिशत तथा टिकटकले ४२ प्रतिशत सामग्री हटाइएको पाइएको छ । मिडियासम्बन्धी अनुसन्धान गर्ने संस्था सीएमआरले गरेको अनुसन्धानअनुसार त्यस्तो पाइएको छ । तर, २०७९ को चुनावको तुलनामा फेसबुक तथा इन्स्ट्राग्रामलगायतका समाजिक सञ्जालका छाता कम्पनी मेटाले कम सहयोग गरेको पाइएको बताइएको छ ।

सामाजिक सञ्जाल बन्दको तत्कालको कारणले त्यस्तो भएको हुनसक्ने सीआरआरका अनुसन्धानकर्मीहरूको बुझाइ छ । मेटासँग भर्चुअल संवाद गरिएको तर टिकटकले भने नेपालमै आएर विभिन्न वर्कसप गरेको पाइएको छ ।

सीएमआरका निर्देशक उज्वल आचार्यका अनुसार निर्वाचनको मिथ्या सूचनाका विभिन्न स्टेकहोल्डरबारेमा गरिएको अध्ययन प्रतिवेदन केही दिनपछि सार्वजनिक हुनेछ । मिथ्या सूचनाको क्षेत्रमा ९ वर्षबाट काम गरेको सीएमआरले यसअगाडि पनि विभिन्न मिथ्या सूचनाका अध्ययन तथा अनुसन्धानात्मक लेखहरूका संगालो प्रकाशन गरिसकेको छ ।