राप्रपा बागमतीका तीन सांसद पदमुक्त सम्बन्धी पत्र फेक जस्तो लाग्छ :कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई कारबाही गरिएको पार्टीको पत्र फेक हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ।

यसअघि उनले बाग्मती प्रदेश सभाका पार्टी संसदीय दलका नेता उद्धव थापालाई विधि, नियमविपरित निरङ्कुश ढङ्गबाट कारबाही गरिएको भन्दै पार्टीको निर्णयमा असहमति जनाएका थिए ।