आयल निगमले १६ हजार लिटर हवाई इन्धन बोकेको रिफ्युलर बाढी प्रभावित क्षेत्रमा पठायो

रसुवा बाढी प्रभावित क्षेत्रको उद्धारमा खटिने हेलिकोप्टरमा हवाई इन्धन भर्नका लागि आयल निगमले १६ हजार लिटर इन्धन बोकेको रिफ्युलर प्रभावित क्षेत्रमा पठाएको छ । उद्धारमा खटिने हेलिकोप्टरलाई इन्धन भर्न सहज हुने गरी रिफ्युलर पठाइएको हो । यो रिफ्युलर नुवाकोटस्थित नेपाल आर्मीको ब्यारेकमा रहनेछ ।

नुवोकाटस्थित आर्मीको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङको गजुरी ब्यारेकमा गएर बस्नेछ । प्रभावित क्षेत्रको उद्धारमा खटिने हेलिकोप्टरमा हवाई इन्धन सकिए काठमाडौं आउनुपर्ने बाध्यता हटाएर नजिकै रिफ्युलरको व्यवस्था गरिएको निगमले जनाएको छ ।