नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीबारे चीनतर्फबाट भइरहेको सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले चीनतर्फबाट सूचना आदानप्रदानको अवस्था बुझेर त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत नेताहरू सहभागी छन्।



















