चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार प्रभावित क्षेत्रमा आइपुगेका हुन्। बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिए।
यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको बताइएको छ। उद्धार टोलीले दुई स्थानीय गाउँलेलाई भने सकुशल उद्धार गरेको छ। विपद्पछि चीनले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको जनाएको छ।


















