रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पा, बाँके, सर्लाही, महोत्तरी र कैलालीका गरी ९७ जना नागरिक सम्पर्कविहीन भएका छन्। प्रारम्भिक विवरणअनुसार रोल्पाका १६, बाँकेका २२, सर्लाहीका ९, महोत्तरीका १० र कैलालीका ४० जना सम्पर्कविहीन छन्। उनीहरू काम, व्यवसाय तथा भ्रमणका क्रममा रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका थिए।
सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले सम्पर्कविहीनहरूको खोजी भइरहेको जनाएको छ। साथै, परिवार तथा आफन्तसँग सम्पर्कमा नआएका व्यक्तिको जानकारी तत्काल प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा गराउन आग्रह गरिएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।


















