गोसाइँकुण्ड पुगेका आन्तरिक तथा विदेशी पर्यटकलाई तत्कालका लागि धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म उक्त मार्गबाट यात्रा नगर्न सचेत गराउँदै गोसाइँकुण्डबाट फर्किने पर्यटकका लागि वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको हो। मन्त्रालयका अनुसार गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट सुरक्षित रूपमा फर्किन सकिनेछ। पर्यटकको सुरक्षा र सहज यात्रालाई ध्यानमा राख्दै मन्त्रालयले सम्बन्धित सबैलाई जोखिमयुक्त नियमित मार्गको सट्टा तोकिएको वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।


















