युरोपेली संघले नेपालका बाढीपीडितको स्वास्थ्य, खाना, पानी र आवासका लागि १० लाख युरो सहयोग गरेको छ । युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हाड्जा लाबिबले सामाजिक सञ्जालमार्फत यो सहयोग सार्वजनिक गरेकी हुन् ।
नेपालस्थित युरोपेली संघको कार्यालयले पनि सहयोगको चर्चा गरेको छ । युरोपेली संघबाहेक विभिन्न देशको सहयोग यसअघि नै आइसकेको छ । जसमा सबैभन्दा धेरै यूएईले एक करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको छ ।




















