प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न आग्रह गर्दै त्यस्तो कार्य गर्ने व्यक्ति, समूह वा संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा विभिन्न व्यक्ति, समूह तथा संस्थाले आफूखुसी रकम उठाइरहेको गुनासो आएपछि सरकारले यस्तो आग्रह गरेको हो। कार्यालयले विपद्का बेला सहयोगका नाममा हुने अनधिकृत आर्थिक संकलन रोक्न सम्बन्धित सबैलाई सचेत गराउँदै नियमविपरीत रकम उठाएको पाइए कारबाही गरिने स्पष्ट पारेको छ।




















