१३ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।
बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् ।
१० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।
बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय ११४ जना छन्
















