बाढी प्रभावित क्षेत्रको अनुगमनपछि एमालेले ओलीलाई बुझायो प्रतिवेदन

नेकपा एमालेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको प्रारम्भिक विवरणसहित प्रतिवेदन तयार गरेको हो। प्रतिवेदन पोखरेलले आइतबार ओलीलाई हस्तान्तरण गरेका छन्। प्रतिवेदनमा बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन एमालेको केन्द्रीय राहत कोष स्थापना गर्ने, पार्टी पंक्तिमार्फत राहत संकलन तथा सामग्री वितरण गर्ने सुझाव दिइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा समस्यामा परेका मजदुरको उद्धार र पुनःस्थापनाका लागि नेपाल ट्रेड युनियन महासंघलाई तत्काल परिचालन गर्न पनि प्रतिवेदनले सिफारिस गरेको छ।