नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुन: सञ्चालन

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ वटा बीटीएस साइटमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस सञ्चालनमा आएका छन् । रसुवाको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटको चारघरे र चारघरे मुलाबारी साइट सञ्चालनमा आएका हुन्।

सेवा सुचारुसँगै रसुवा–चीन नाका, टिमुरे, स्याफ्रुबेसी, चिलिमे, बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा मोबाइल सेवा पुनः उपलब्ध भएको टेलिकमले जनाएको छ।