चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९०० नाघेको छ ।सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ ।
रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।उक्त बाढीपश्चात् अझै चार हजार २४७ जना सम्पर्कविहीन छन् ।


















