रसुवा बाढीपछि सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूली नदीका बस्तीलाई जोड्न तुइन हालिने भएको छ । त्रिशूलीवारि र पारि जोड्न सोमबार त्रिशूली बजार र देवीघाट बजारमा तुइन हाल्ने तयारी भएको बागमती प्रदेशसभा सदस्य रमेश महतले जानकारी दिए ।
उनका अनुसार संघीय सरकारको प्राविधिक सहयोग र प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा तुइन हाल्ने काम हुन लागेको हो ।


















