‘कमन जेनजी नेपाल’ले भदौ २३ गतेका लागि घोषणा गरेको देशव्यापी प्रदर्शन तथा सडक आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । रसुवाको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले आन्दोलन स्थगित गरिएको हो।
अध्यक्ष विकेश साहले विज्ञप्ति जारी गर्दै देश शोकमा रहेका बेला पूर्वघोषित संघर्षका कार्यक्रम फिर्ता लिएर जेनजी युवाहरू बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुट्ने प्रतिबद्धता जनाएका छन्।


















