प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यही १७ भदौ (भोलि) को दिउँसो १ बजेका लागि बैठक बोलाउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । जसमाथि दलीय आधारमा सबै दलका नेताहरूले बोल्नेछन् ।
१० भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । १० भदौमा नै प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १७ भदौमा बस्ने भएको हो ।


















