विशेष महाधिवेशनपछि कांग्रेस सभापति गगन थापाले केन्द्रीय सदस्य मनोनीत गरेका चार नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा सहभागी भएका छन् । मंगलबार शेखरले बोलाएको बैठकमा जीवन परियार, सुजाता कोइराला, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला सहभागी भएका हुन् ।
पार्टीमा देखिएको विवाद समाधानका लागि शेखरले विशालनगरस्थित कार्यालयमा बैठक बोलाएका थिए ।


















