प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् । प्रतिनिधिसभामा उनले रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे जानकारी गारउँदैछन् । यसक्रममा सुरुमै उनले भने, ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु ।’
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।
३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् ।
















