नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितका लागि दिने भएका छन्। नेकपा संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब बाढीपीडितको राहतका लागि दिने निर्णय गरेको हो।

सांसदसहित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको योगदानसमेत एकमुष्ट संकलन गरी छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।