स्ट्रेट अफ होर्मुजको नाम परिवर्तन गर्न ट्रम्पको सुझाव

इरानसँग बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलघाँटी)को नाम परिवर्तन गर्न सुझाव दिएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि ?अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ।’