नुवाकोटमा पहिरो गएपछि रोकिए राहत बोकेका गाडी

काठमाडौँबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बिच बाटोमै अलपत्र परेका छन्। आवतजावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बिच बाटोमै रोकिएका छन्।

स्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ । ठुलो पहिरो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन्।