ग्यास नपाएपछि सडकमै खाना पकाएर विराेध

खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ । ग्यास नपाएको विरोधमा अनेरास्ववियुका विद्यार्थीहरूले काठमाडौंको आरआर क्याम्पसअगाडिको सडकमा नै खाना पकाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले सडकमा इँटा राखेर अस्थायी चुलो बनाएर दाउरा बाल्दै खाना पकाएका थिए । ग्यासजस्तो दैनिक उपभोग्य वस्तुको अभाव हुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन सडकमा खाना पकाउने कार्यक्रम गरिएको उनीहरूको भनाइ छ ।