काठमाडौँको कागेश्वरी मनोहरा–६, चखडोलस्थित ‘अनिल किराना पसल’लाई तोकिएको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको भन्दै ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पसलले २ हजार ६० रुपैयाँ पर्ने सुगम ग्यासको सिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको पाइएको थियो। उपभोक्ता ठगी गरेको प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार पसललाई कारबाही गरिएको हो ।



















