माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङमा थप ७ वटा शव भेटिएको छ।
खोजी क्रममा शुक्रबार नै ७ जनाको शव भेटिएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अनुसार तालिमप्राप्त सर्च कुकुरले बिहीबार साँझ नै शव पहिचान गरेको थियो।
उद्धार टोलीले यसअघि पनि विभिन्न मितिमा ११ वटा शव फेला पारेको थियो।
टोलीले उक्त आयोजनाको सुरूङबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको थियो।
थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। यो आयोजना भित्र ३०० जना फसेको आशंकामा खोजी भइरहेको छ।



















