सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

 

 

 

सल्यानमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

गम्भीर घाइते रहेका त्रिबेणी गाउँपालिका– ५ का  ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

बिहान ११:५५ बजे चिकित्सकले वलीलाई मृत घोषणा गरेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका– ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की  १८ वर्षीया बिपना बुढाथोकीको बिहान १०:२२ बजे जिल्ला अस्पताल खलंगामा मृत्यु भएको थियो।

दुर्घटनाका थप तीन घाइतेहरू जिप चालक त्रिवेणी – ५ सिम्खका  २४ वर्षीय भुपाल पुन, त्रिवेणी – ६ की ४२ वर्षीया लालमती र त्रिवेणी– ५ का २९ वर्षीय पारस बोहराको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार जारी छ।

 

 

उनीहरुलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्रारम्भिक उपचारपछि  थप उपचारका लागि दाङ रिफर गरिएको थियो ।

शनिबार बिहान ८ बजेतिर त्रिवेणी गाउँपालिका –५ सिम्कमा लु.प्र ०२–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ९० मिटर तल खसेको थियो।