साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


















