साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।


















