अब एटीएमबाट १०० रूपैयाँको नोट पनि पाइने

नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँ दरका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई पत्र लेखेको छ । हाल अधिकांश एटीएममा ५०० र १,००० दरका नोट उपलब्ध हुँदै आएका छन् । सर्वसाधारणको सानो रकमको नगद आवश्यकता पूरा गर्ने उद्देश्यले १०० रुपैयाँ दरका नोट पनि एटीएमबाट पाउने व्यवस्था मिलाउन लागिएको हो ।

यसबाट बजारमा १०० रुपैयाँका नोटको वितरण पनि बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी केही निश्चित एटीएममा १०० रुपैयाँका नोट उपलब्ध गराउँदा पनि विभिन्न भूगोलमा त्यस्ता नोटको वितरण बढ्ने राष्ट्र बैंकको अपेक्षा छ ।