बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो ।

घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।