पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म ट्र्याक निर्माणको काम सकिएको हो । नयाँ ट्र्याकको काम पूरा भएसँगै भोलिदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुने भएको छ।
भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि, गत १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्ग अवरुद्ध भएपछि यस मार्ग हुँदै चल्ने ठूला तथा साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्दै काठमाडौं आउजाउ गरिरहेका थिए।


















