विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउन प्रस्ताव

 

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव बिहीबारको केन्द्रीय कमिटी बैठकमा राखेको एक नेताले जानकारी दिए। बैठकले उनको नाम अनुमोदन गर्ने तयारी गरेको छ।

यसअघि आजै बसेको सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउनेबारे कुराकानी चलेको थियो।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन्।

राष्ट्रपति पदबाट बाहिरिएपछि उनले पुनः एमालेमा सक्रिय हुने भन्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन्। उनले आफू एमालेमै रहेर राजनीतिक यात्रा अघि बढाउने बताएकी थिइन्।

तर एमालेले उनको सदस्यता नवीकरण केही समय होल्ड गरेको थियो।