पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमै रोकिए

अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँबाट बाहिरिने सवारी साधनलाई बल्खुमै रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ।