कालीगण्डकी नदीको बाढी बस्तीमा पस्याे, २५ घर बगे

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगाएको छ । नदीको बहाव बढेर बस्तीमा पस्दा घरहरू बगेको प्रहरीले जनाएको छ ।

उक्त बस्तीमा करिब ८० घर रहेका छन् । तीमध्ये २५ घर बगेका छन् भने अन्य घरसमेत जोखिममा रहेका छन् । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । फर्से प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।