हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन

पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले बेस क्याम्पका टेन्टहरू पुरिएको छ ।

हिमपहिरोपछि कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक खबर आएको छ । उद्धार तथा घटनाको थप विवरण आउन बाँकी छ।

हिमपहिरोले बेस क्याम्पका टेन्टहरू बगाएपछि Himalayan Holidays Nepal का कम्तीमा ८ जना आरोही तथा सहयोगी कर्मचारी र Imagine Nepal Treks का २ जना किचन कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।