संविधान र लोकतन्त्र संकटमा पर्न सक्ने खतरा :प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिप्रति प्रश्न उठाउँदै देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको बताएका छन्।

कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले सरकारका अभिव्यक्ति र गतिविधिले स्वेच्छाचारितातर्फ जाने खतरा देखिएको दाबी गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। शान्ति सम्झौतासँग जोडिएका बाँकी काम समयमै टुंग्याउन नसके देश थप अप्ठेरो अवस्थामा जान सक्ने उनको चेतावनी छ।