साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुन आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । हिजो ६० रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


















