श्यामकृष्ण खड्कीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

श्यामकृष्ण खड्कीले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँको खुलामञ्चमा भइरहेको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।

खुलामञ्चमा रहेको मिडिया सेन्टरमा सोमबार साँझ खड्कीले उम्मेदवारी घोषणा गरेका हुन्। उनी काठमाडौँ–६ बाट महाधिवेशन प्रतिनिधि छन्।