फूलपातीदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला

यातायात व्यवस्था विभागले दसैँमा सवारीसाधनका लागि देशभर रुट परमिट खुला गरेको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले दसैँको समयमा लामो तथा मध्यम दूरीमा रिजर्भमार्फत सवारी विभिन्न स्थानमा पुग्ने भएकाले फुलपातीदेखि पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको जानकारी दिए ।

चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने निर्णय भएको उनले बताए ।

‘यात्रुहरूलाई ठगिन वा कालोबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष सञ्चालन गर्नेछौँ,’ उनले भने । दसैँमा बसपार्क लगायत काठमाडौँका विभिन्न नाका जस्तै नागढुंगा, कोटेश्वर लगायतका स्थानमा यात्रु सहायता कक्षसमेत खोल्ने जानकारी दिए ।