साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ)मार्फत नेपाल सरकारलाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ। केएस रिलिफले उपलब्ध गराएको सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।

सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री पुनले मानवीय सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गरे। उनले प्राप्त सहयोगले नेपाल र साउदी अरबबीच रहेको गहिरो मित्रता तथा सहकार्यलाई प्रतिबिम्बित गरेको बताए।