बूढीगण्डकी बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ । प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपाली सेनाले पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।