नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याउनुका साथै पुलहरू बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको खबरले आफू दुःखी भएको उनले बताएका छन् । थापाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।
साथै, विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेका छन्।


















